पदोन्नती भएका २० जना एसएसपीलाई दर्ज्यानी

काठमाडाैं | बैशाख २५, २०८०

पदोन्नती भएका २० जना एसएसपीलाई दर्ज्यानी Photo: Nepal Police

काठमाडौं:   प्रहरी उपरीक्षकबाट प्रहरी वरिष्ठ उपरीक्षक पदमा पदोन्नति भएका २० जना प्रहरी अधिकृतहरू दर्ज्यानी प्रदान गरिएको छ ।

 

प्रहरी सँगठनका प्रमुख प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले नेपाल प्रहरी प्रधान कार्यालयमा आज (सोमबार) आयोजित एक समारोहबीच २० जना एसएसपीलाई दर्ज्यानी चिन्ह प्रदान गरेको हो ।

 

नेपाल सरकार उपप्रधानमन्त्री तथा गृहमन्त्रीस्तरको वैशाख २४ गतेको निर्णयले प्रशासन तथा प्राविधिकतर्फ २१ जनालाई पदोन्नती गरेको थियो । तर कार्यक्रममा २० जनाले दज्र्यानी चिन्ह प्रदान गरिएको थियो । 
 

पदोन्नती हुनेहरुमा प्रशासनतर्फ प्रहरी वरिष्ठ उपरीक्षकहरू विश्व अधिकारी, भुपेन्द्र बहादुर खत्री, सानुराम भट्टराई, ओम प्रसाद अधिकारी, शेखर खनाल, अबि नारायण काफ्ले, सोमेन्द्र सिंह राठौर, मुकुन्द मरासीनी, दीप शम्शेर जवरा, वेल बहादुर पाण्डे, दिनेशराज मैनाली, गोपाल चन्द्र भट्टराई, प्रविण पोखरेल, कृष्ण बहादुर पल्ली मगर, विश्वमणी पोखरेल, तारादेवी थापा र प्रज्वल महर्जन रहेका छन् । 

 

यस्तै प्राविधिकतर्फ प्रहरी वरिष्ठ उपरीक्षकहरू डा.संज्ञा मल्ल, डा.दिवा शर्मा र डा.आषिश दत्त रहेका छन् । 

 

साथै सोही निर्णयबाट पदोन्नति भएका प्रहरी वरिष्ठ उपरीक्षक गंगा पन्त भने हाल संयुक्त राष्ट्र संघीय मिसनमा छन् ।

 

सो कार्यक्रममा बोल्दै प्रहरी महानिरीक्षक बसन्त कुँवरले पदोन्नतिसँगै जिम्मेवारी बढेकाले संगठनको प्रतिष्ठा बढाउने काममा सधै समर्पित हुनुपर्ने बताएका थिए ।

मोरङको रङ्गेली–५ बहुवनका मुकेशकुमार मण्डलले पत्नीको हत्या गरेर आफूले पनि आत्महत्या गरेका छन् ।   रङ्गेली नगरपालिका वडा नं. ५ बहुवनका करिब २१ वर्षीय मुकेशकुमार मण्डलले रङ्गेली–५ धनपट्टीस्थ...

थप पढ्नुहोस्

निर्वाचन आयोगबाट समानुपातिक निर्वाचन प्रणालीतर्फको २ करोड ८ लाख ३० हजार मतपत्र र मतदाता शिक्षा प्रयोजनका लागि १० लाख ९८ हजार दुई सय थान नमुना मतपत्र छपाइ सम्पन्न भइसकेको आयोगले जनाएको छ ।    ...

थप पढ्नुहोस्

काठमाडौँ:    निर्वाचन आयोगले निर्वाचनलक्षित मिथ्या सूचना, भ्रामक प्रचार र घृणाजन्य अभिव्यक्तिमा निगरानी बढाएको छ ।    आयोगले निर्वाचनसँग सम्बन्धित त्यस्ता सूचना सङ्कलन, विश्लेषण र नियामक ...

थप पढ्नुहोस्